suekhet
bheriad

नेपालमा नक्कली नोटको बिगबिगी ,२ करोड ६ लाख नक्कली नोट सहित ६ जना नेपालि पक्राउ ,,

lekabesi

जेठ २ , काठमाडौँ – प्रहरीले साढे २ करोड नेपाली नक्कली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई नयाँ बसपार्क , गोंगबु क्षेत्र, ललितपुर र कमलपोखरीबाट महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो ।

सामान किन्न आएकाहरुसँग शंका लागेर व्यापारीले प्रहरीमा गुनासो गरेपछि पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका क्रममा ठुलो परिमाणको नक्कली नोट बरामद भएको हो ।

पक्राउ परेकाहरुबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ नेपाली नक्कली नोट बरामद गरिएको हो ।

महागरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताए । पक्राउ परेकाहरुलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।