जोखीमपुर्ण बस्तीका योजनाहरु पहीलो प्राथिमीकतामा सांसद बिष्ट ,

कार्तिक २५,काठमान्डौ – सुर्खेत जिल्ला निर्बाचन क्षत्र नं १ (क) गुर्भाकोट नगरपालीकाका बिभीन्न क्षत्रमा यस आर्थिक बर्षमा संचालीत आयोजना र थप संभाबित आयोजनाहरुको अनुगमन र यस बर्ष थप योजना प्राथमीकीकरण गर्ने उदेश्य सहीत आज यस नगरपालीकाका बिभीन्न ठाउमा माननिय ठम्मर बिष्ट द्धारा स्थलगत अनुगमन गर्ने काम संपन्न भयो ।

सो प्रक्रियामा यो आर्थिक बर्षमा प्रदेशवाट संचालीत हुने योजनाहरु एबं बबइ डाइभर्सन वाट संचालीत खरायचौर सिंचाइ आयोजनाको स्थलगत अनुगमन, जनइघाट आपसोती लिफ्ट सिंचाइ आयोजना, पुल्चोक लिफ्ट डांफे सिंचाई, भेरी नदीवाट जोखीमपुर्ण अवस्थामा रहेको सीमघाट बजारको संभाबित तट्बन्धन, झण्डै पन्ध्रसय रोपनी जग्गा सिंचित गर्ने लाटीढुंगा कोसीघाट कुलो, भेरी नदी भलाएदमार लिफ्ट सिंचाई आयोजना लगाएत थुप्रै निर्माणाधीन कामहरुको स्थलगत अनुगमन गर्ने काम संपन्न भएको छ ।

एबं सो शीलशीलामा यस बर्ष प्राथामीकताको आधारमा थप संचालन हुने योजनाहरुको समेत छनौट सहीत अनुगमन गर्ने काम संपन्न भएको छ ।

उक्त अभियानमा बबई डाईभर्सनका डीइ इश्वरी तिवारी, इन्जीनियर शंभु राज पंडीत, सीए नवराज घीमीरे लगाएत अन्य प्राबिधीक टोलीको समेत सहभागीता थियो ।

यस्तै गुर्भाकोट नेकपा सचिब मोती बिक, वडा नं ९ का वडाध्यक्ष शशीराम भटराई लगाएत नागरीक अगुवाहरुको उपस्तिथी थियो ।

सो क्रममा उक्त क्षत्रका जनसमुदायको स्वस्फुर्त उपस्थिती भै कामको स्थिती, समस्या र काम संपन्न पश्चात हुने लाभका साथै छिटो छरीतो काम संपन्न हुनु पर्ने धारणा माननिय समक्ष प्रस्तुत गरेका थिए ।