प्रशीद्ध लेक मालारानी गुफा अवलोकन र राजी समुदायको कार्यक्रम भब्य रुपमा संपन्न ,
कार्तिक २७ ,काठमान्डौ – सुर्खेत जिल्ला क्षत्र नं १ ( क) गुर्भाकोट नगरपालिका वार्ड नम्बर १२ मा सुस्मिता राजी होमस्टे भवनको एक बिशेष कार्यक्रमका बिच मन्त्रि र माननिय ज्यूवाट संयुक्त रुपमा उद्घाटन कार्यक्रम संपन्न भएको छ ।
उक्त समारोहमा राजी समुदायको भेषभुषा र बाजागाजा सहीत समुदायले आफ्नो मौलिकता सहीतको झांकी प्रस्तुत गरेका थिए ।
सो अवसरमा राजी समुदायले पुख्र्यौली देखी गर्दै आएको पेशालाई परीस्कृत गर्ने र उनिहरुलाई पेशागत दक्षतामा जोड्ने उद्येश्यले् कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रालय मार्फत गत आवमा संचालन गरेको योजना अन्र्तगत सो समुदायलाई र¥यापटीङ बोट, लाइभ जाकेट एबं ब्याट हस्तान्तरण गरीएको थियो ।
उक्त समारोहमा बन डीभीजन प्रमुख गोबिन्द प्रसाद दाहालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
यस्तै अर्को कार्यक्रमका बिच गुर्भाकोट २ मालारानिमा रहेको चर्चित लेक मालारानी गुफाको अबलोकन गर्ने काम संपन्न भएको छ ।
उक्त अवसरमा कसरी गुफालाई पर्यटन र रोजगारसंग जोड्न सकिन्छ भन्ने बिषयमा आसपासका नागरीक अगुवा, सरोकारवाला एबं स्थानिय जनताहरुले माननियज्यूहरु संग जिज्ञासा समेत राखेका थिए ।
मन्त्रि नन्दसिंह बुढाज्यूले उहांहरुलाई आश्वस्थ पार्दै यो गुफा सुन्दरता र प्राकृतिक हीसाबले बिश्वकै अद्धितिय भएको कुरा राख्दै अहीले नैं यो गर्ने उगर्ने भन्दा पनि सरकारको तर्फवाट एउटा बिशेष मास्टरप्लान तयार गरीने र सो अनुसार यही बर्ष भित्र बजेटको ब्यबस्था गरी कामलाई अघी बढाइने कुरा राख्नु भएको थियो ।
यस्तै माननिय ठम्मर बिष्टले यो क्षत्रको बिकासमा सरकारका मन्त्रिनैं उपस्थित भैसकेपछी ढुक्क रहन र यसको संरचनाको भरपुर बिकास गर्ने प्रक्रियामा यस क्षत्रको जनप्रतिनिधीको नाताले आफु अहोरात्र लागीरहने कुरा आस्वस्थ पार्नु भएको थियो ।
सो कार्यक्रममा नेकपा गुर्भाकोट अध्यक्ष देब खत्र्री, सचिब मोति बिक, वडा नं १ का वडा अध्यक्ष लाल बहादुर खासु लगाएत जनप्रतिनिधी र सामाजिक अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।