surkhet

बैतडी बस दुर्घटनामा ९ जनाको मृत्यु चालक निदायको बेला हावामा नाच्यो ,

surkhet

कार्तिक २८ ,बैतडी – बैतडी बस दुर्घटनामा मृत्यु हुने ९ जनाकै सनाखत भएको छ। बिहीबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा बैतडीको दोगडाकेदार-६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझाको सो दुर्घटनामा मृत्यु भएको हो ।

Dailekh
Gorkha

तेस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका-१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य ३४ जना गम्भिर घाईते छन्। दुर्घटनाको कारण भने खुल्न सकेको छैन भने बस पूर्ण रुपमा अक्षति ग्रस्त भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

दुर्घटनामा बाँचेका हरुको बयानका अनुसार क्षमता भन्दाबढी यात्रा रहेको र चालक समेत निदाएको जानकारी , घटनाको प्रारम्भिक अनुसन्धान भईरहेको अधिकारीलेले बताए।

salyan