उत्तम साईतमा टिका लगाउदा कता फर्किने कता बस्ने ,

मङ्सिर १ काठमान्डौ – आज तिहारको मुख्यदीन भाईटीका पर्व मनाईदै छ। दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर आशिर्वाद दिने र दिर्घायु जीवनको कामना गर्ने दिन आज नेपालीहरुको लागि विशेष दिन मानिन्छ।

आज टिका थाप्दा उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

तेस्तै आज भाईटिकाकै दिन नेपाल संवत ११४१ पनि परेको छ ,नेवार समुद्याले भने भोलि गते टिका लगाउने भएपछि सरकारले भोलिपनि सार्वजानिक बिदा दिएको हो।

तेस्तै भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको ।

तेस्तै यो वर्ष तिहारमा अदेउसि भईलो खेल्नमा सरकारले रोक लगाएको छ ,कोरोना संक्रमण महामारी नेपालमा अझै कायम रहेको हुँदा सरकारले देउसी भैलोमा रोक लगाएको छ। जसको लागि गृहमन्त्रलयले ७७ जिल्लाका प्रशाशनलाई पत्राचार गरिसकेको छ।