एमाले माओवादी औपचारिक रुपमा पार्टी एकता घोसना ,,

जेठ ३ , लामो समयदेखि सबैको चासोको विषय रहेको एमाले माओवादी पार्टी एकता घोसना आज पुरा भयको छ । , आज औपचारिक रुपमा दुई पार्टीको एकताको घोसना भयको छ ।,

एमाले र माओवादी पार्टी विघटन भयर नेपाल कम्युनिष्ट पार्टी बनेको छ ।, आज जेठ ३ गते दुईपार्टीको संयुक्त वैठकले पार्टीको घोसना गरेको हो ।

साथै पार्टी एकता एकिकरण घोसना भय लगतै नेताहरुले सपथ खाने काम भयको छ । , एकिकृत पार्टी भय लगतै स्थाई कमिटीमा ४५ जना सदस्यी हुने एमालेबाट २६ र माओवादी बाट १९ जना रहने छन् ।

,
तेस्तै केन्द्रिय कमिटि ४४१ सदस्यी हुने , जसमा एमाले बाट २४१ र माओवादी बाट २०० जना रहने छन् ।,

पार्टी एकता भय लगतै देशै भर दियो बालेर खुसि मनाईयको छ ,तेस्तै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ ।

दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं सताब्दीको जनवाद भन्दै आएको थियो । पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए ।

स्रोतका अनुसार एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनसमा बहसमा लगिने भएको छ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो ।