उपचार गर्न लैजादा लैजादै कोरोना सङ्क्रमित युवाको मृत्यु

१ मङ्सिर-घरमा रहेर गाह्रो भएको बेला मृ,तक बडालाई श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धनगढी अस्पताल लैजाने क्रममा बाटोमै मृ,त्यु भएको हो । दुहु गाउँपालिका २ का ३० वर्षीय पद बडालको अस्पताल लैजाँदै गर्दा बाटोमै मृ,त्यु भएको स्वास्थ्य शाखा प्रमुख मोहनसिंह महराले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि स्याब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरस रहेको बैतडी अस्पतालका प्रयोगशाला प्रमुख श्यामराज जोशीले बताए । यससँगै जिल्ला अस्पतालको आकस्मिक र प्रसुति सेवाबाहेकको अन्य सेवा बन्द गरिएको छ ।

ती युवाको उपचारमा खटिएका अस्पतालका कर्मचारीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले आजदेखि आकस्मिक बाहकेका सबै सेवा बन्द गरेको अस्पतालका डा। गजेन्द्र दुवालले बताए ।