कमल बिसीले च्युम्यो अर्को सफलता”मार्यो मायाले”टिकटक देखि चौतर्फी चर्चा

काठमाण्डौ –दशैँ तथा दिपावलीको शुभकामना सहित गत हप्ता बजारमा आएको “मार्यो मायाले” गीतले धेरै दर्सक श्रोताहरुको मन जित्न सफल भएको छ । पारस सोनीको शब्द सृजना रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक कमल बिसी माल्दाईको संगितमा कमल बिसी रचना रिमालको स्वरमा रहेको गितले निकै नै चर्चा कमाएको छ । ५ लाख हाराहारी दर्शक स्रोताको नजरमा पुगिसकेको गित सामाजिक संजाल टिकटकमा पनि उत्तिकै लोकप्रिय बन्दै आएको छ ।

कमल बिसी माल्दाईका हरेक सृजना उत्तिकै राम्रा छन् भने केहि सिर्जनाले बजार हल्लाएका छन् । बिगत लामो समय देखि निरन्तर यहिँ क्षेत्रमा होमिएका बिसी एक पछी अर्को गित बजारमा ल्याउने तयारीमा रहेका छन् । उनले गाएका प्राय सम्पूर्ण गीतहरु युवापुस्तालाइ लछित गरिएका हुन्छन भने प्रेमिल गायनमा उनि प्रख्यात समेत छन ।  यस गीतमा स्वर दिएको रचना रिमालको पनि आफ्नै पहिचान रहेको छ । रचना रिमाल पनि छोटो समयमा नै लोकप्रिय बनेकी एक संघर्षशिल गायिका हुन् । रचनाको स्वरमा दर्जनौ गित बजारमा आईसकेका छन् भने कोहि गीतले निकै नै चर्चा पाएको छ । रचना रिमाल पनि एक सम्भावना बोकेकी गायिका हुन् ।

काजीश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियो छायांकन ज्ञानेन्द्र सर्माले गर्नु भएको हो भने दिपक बिष्टले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लोपटक सामाजिक सञ्जाल तथा युवा पुस्ता माझ निकै नै लोकप्रिय बनेकी चर्चीत मोडल रियासा दाहाल, बर्षा रानाभाट, किरण बि के, र सुदीप चौधरीले अभिनय गर्नु भएको छ। बांगेस्वरी म्युजीक कम्पनीले निर्माण गरेको म्युजिक भिडियो कमल बि सी माल्दाईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गायक कमल बिसी थप्नुहुन्छ :-हामीले सकेसम्म हरेक सृजना गर्दा राम्रो नै गर्ने कोसिस गरेका हुन्छौ । हामि गीतसंगीत अनेक दुख पीडाका साथ बजारमा ल्याउछौ दर्शक स्रोताको हातमा पुरेउछौ । त्यस पछी मात्र थाहा हुन्छ गित राम्रो छ या नराम्रो छ । सकेसम्म हामि दर्शक स्रोता मुखी ताकी दर्शक स्रोताको माग अनुरुप सृजना गर्न कोसिस गरिरहेका हुन्छौ । यहिलेसम्म मैले गाएका मैले सृजना गरेका हरेक सिर्जना दर्शक स्रोताको मूल्यांकनले लोकप्रिय बन्दै गएका छन् । सार्वजनिक यस गीत भने प्रेमिल भावमा तयार भएको छ। देशमा कोरोना जस्तो भयानक महामारीमा देश र जनता रोइरहदा सोहि पिडा अनि चिन्तालाइ सकेसम्म केहि कम होस् भन्ने हेतुले आफ्नो दर्शक तथा संगीत प्रेमीहरुको लागि यो कोसेली लिएर आएका हौ । हिजो जे जस्तो संघर्ष गरेता पनि त्यो मेहनतले नै आफूलाई अगाडी बढ्न सिकाएको उनको भनाई छ।