उपत्यकामा थपिए ३३९ कोरोना संक्रमित,मृतकको संख्या १२४७ पुग्यो ,

मङ्सिर २ ,काठमान्डौ – आज उपत्यकामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्। काठमान्डौमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

तेस्तै गत २४ घन्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै देशभरमा कोरोना संक्रमणबाट मर्नेको संख्या १ हजार २४७ पुगेको ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । तेस्तै गत २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएपछि हाल सम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।
