कोरोना संक्रमित वृद्धा सहित २ जनाको मृ,त्यु

३ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृ,त्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृ,त्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माले जानकारी दिए । ती युवकमा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ब्याक्टेरियल निमोनियाको समस्या देखिएको थियो ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृ,त्यु भएको छ । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो । १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । डा। गौतमका अनुसार उनीमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।