surkhet

२ लाख ५० हजार नाघ्यो अमेरिकामा कोरोनाका कारण हुने मृत्यु संख्या

surkhet

४ मङ्सिर- बिश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या बुधबार २ लाख ५० हजार नाघेको रोयटर्सले जनाएको छ। संक्रमणको तेश्रो चरण सुरू भएसँगै अमेरिकामा पछिल्लो समय संक्रमित संख्या बढिरहेको र त्यसले त्यहाँको स्वास्थ्य स्वास्थ्य सेवा प्रणालीमा दबाब बनाएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

तेश्रो लहरका कारण अस्पतालमा संक्रमित भर्ना हुने दर पनि बढेको छ। बुधबारमात्रै त्यहाँ ७८ हजार ६ सय ३० जना संक्रमित फेला परेका छन्। यो संख्या महामारी सुरू भएयता एकै दिन भेटिएको सर्वाधिक ठूलो संख्या हो।

Gorkha

अमेरिकी राज्यका गभर्नर तथा स्थानीय अधिकारीहरूले पछिल्ला दिनमा संक्रमण रोकथामका लागि वीँन्न उपयाहरू अपनाइरहेका छन्।पछिल्ला सात दिनमा प्रतिदिन १ हजार १ सय ७६ को औषत संख्यामा मानिसहरूले संक्रमणबाट ज्यान गुमाइरहेको पनि रोयटर्सले जनाएको छ। यो संख्या संक्रमण उच्च रहेका ब्राजिल र भारतको संयूक्त संख्या भन्दा बढी हुन आउँछ।

Dailekh

अमेरिकामा हालसम्म १ करोड १४ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ। अमेरिका संक्रमित संख्या १० लाख नाघ्ने विश्वको एकमात्र मुलुक हो।

salyan