दुखद खबर-आँगनमा चिप्लिएर लडेपछि सुत्केरी र शिशुको गयो ज्या,न
४ मङ्सिर, दैलेख-दैलेखको नारायण नगरपालिका( ११ विन्ध्यवासिनीमा सुत्केरी र शिशुको ज्यान गएको छ । १८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी विक र नवजात शिशुको ज्यान गएको दीपाका देवर पूर्ण विकले बताउनुभयो ।
हिजो भगवतीमाई गाउँपालिका(२ माइतीघरको आँगनमा चिप्लिएर लडेपछि उहाँलाई उपचारका लागि सुर्खेत लगिएको थियो ।
स्वास्थ्यकर्मीले आउँदो २५ गते बच्चा जन्मने मिति दिएका थिए । पेटमा लागेको चोटका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।