अछाममा एक दलितको हत्या,उपचार हुदाहुदै गयो ज्यान

काठमाडौं- अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटिया परिवनमा स्थानीय दीपक टमट्टाको ह,त्या भएको भन्ने खबर यतिबेला मिडियामा निकै चुलिएको छ । यो घटना एउटा प्रदेशको मात्र नभएर राष्टब्यापी नै बनेको छ । सामान्य विषयमा वि,वाद हुँदा स्थानीयको आक्र,मणबाट घा,,इते भएका टमट्टाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्या,न गएको आफन्तले बताएका छन् ।

गत कार्तिक १९ गते राती घरमा रमाइलो गर्ने योजना सहित टमट्टालाई आफ्नै घरमा बोलाई स्थानीय दल बहादुर साउँद लगायतका युवाहरूले निर्घात कुटपिट गरेको आफन्तले किटानी जाहेरी गरेका छन् । टाउकोमा गम्भीर चोट लागेर बेहोस अवस्थामा रहेका टमट्टालाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै आएको थियो ।

३५ बर्षीया टमट्टाको उपचारका क्रममा यही मङ्सिर २ गते नै मृ,त्यु भएको भए पनि बिहीबार जिल्ला प्रहरी कार्यालयमा मृत,कका आफन्तले जाहेरी दिएपछि मात्र घ,टना सार्वजनिक भएको हो । आफन्हरुले बिहीबार जिल्ला प्रहरी कार्यालय अछाममा दल बहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी समेत दिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले बताउनुभयो ।

प्रहरी प्रमुख थापाका अनुसार टमट्टामाथी कुटपिट भएको २ दिनपछि मात्रै प्रहरीलाई जानकारी गराइएको थियो । उपचारको क्रममा टमट्टाको निधन भएपछि टमट्टामाथी कुटपिट गर्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । शवको शनिवार बिहान पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताएका छन् ।