समयमा काम नसक्ने ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ,,
जेठ ४ , पोखरा- केहि समय बाट नेपालको कुनै पनि ठाँउमा विकाशको लागि काम सुरुवात गरि समयमै निर्माण नगरेका कम्पनि ठेकदारलाई कार्बाही गर्ने सुचना गरेका गृहमन्त्री रामबहादुर थापा कडा रुपमा प्रस्तुत भयको देखिन्छ।
थापाको कडा निर्देशनपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सिरूवा कन्ट्रक्सनका निर्माण व्यवसायी सुरेन्द्र बस्नेतलार्इ पक्राउ गरेको हो ।
ठेक्का दिएको लामो समयसम्म पनि काम नसकेपछि सिरुवा कन्सट्रक्सन कम्पनीका सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।
सिरूवा कन्ट्रक्सनले पृथ्वी राजमार्गअन्तर्गत कास्कीको गगनगौँडादेखि लेखनाथ नगरपालिकासम्मको एक हजार चार ७४ मिटर लामो सडक डेढ वर्षमा बनाइसक्ने गरी ठेक्का लिएको थियो । तर निर्धारित समय गुज्रेको लामो समयसम्म पनि बस्नेत काम नगरी सडक अलपत्र छाडेका थिए ।
तोकिएको समय गुज्रिसकेर लामो समय हुँदा पनि सडक नबनाएका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
गृहमन्त्री थापाको निर्देशनपछि बस्नेतलार्इ जिल्ला प्रशाससन कार्यालय कास्कीको निर्देशनमा पक्राउ गरिएको उनले बताए ।
जिम्मेवारी लिएको काममा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्ने गृह मन्त्रालयले निर्देशन दिए लगत्तै पक्राउ गरिएका उनलार्इ कास्की प्रहरीले समयमै काम सक्ने सर्तमा उनी शुक्रबारै रिहा गरेको छ ।
गत वर्ष असारभित्रै सक्ने गरी सम्झौता भएको उक्त ठेक्का उनले अहिलेसम्म पूरा गरेका छैनन् । पोहोर नसकेको कामका लागि गएको चैतसम्मको समय थप भएको थियो ।