सारिका केसीको मनै छुने अभिनय जुनाश्री मगरको स्वरमा‘सिरानी’…|

काठमाडौं । नेपालि गीतसंगीतको बजारमा गित आउने क्रममा प्रल्हाद सुबेदीको उत्कृष्ट शब्द तथा संगीतमा ‘सिरानी’ म्युजिक भिडियो केहि दिन अगाडी सार्वजनिक भएको थियो । सुबेदीका हरेक सृजना उत्तिकै लोकप्रिय बनेका छन् । मायाँ प्रेम,मिलन बिछोड र प्रदेसिको पीडालाई समेटेर तयार पारेको गीतमा लोकप्रिय गायिका जुनाश्री मगरको स्वर रहेको छ ।

कुमार केसीले निर्देशन गरेका म्युजिक भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने अधिनायकमान शेरचनले भिडियो सम्पादन गरेका छन । निकै नै कारुणिक म्युजिक भिडियोमा सरिका केसी र स्यारोन रेग्मीको अभिनय रहेको छ ।
