surkhet

सुत्केरीको मृत्युपछि चिकित्सक फरार

कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन

surkhet

८ मंसिर,काठमाडौं- शनिबार राती सिरहाको लहानस्थित एक निजी अस्पतालमा डाक्टरको लापरबाहीले सुत्केरीको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा सुखीपुर नगरपालिका ९ बैशाखा गाउँकी २७ वर्षीया आरती साह हुन्। उनलाई डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार दिउँसो ४ बजे भर्ना गरिएको थियो। राती शल्यक्रिया गर्दा उनको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

Gorkha

घटनापछि अस्पतालका चिकित्सक फरार भएका छन् । आक्रोशित मृतकका आफन्तहरु रातीदेखि नै प्रदर्शनमा उत्रिएक छन्। उनीहरुले अस्पतालमा तोडफोड गर्नुको साथै उपचारमा लापरबाही गर्ने डाक्टरमाथि कारबाहीको माग गरेका छन् ।

सम्भावित क्षति रोक्न प्रशासनले अस्पताल अगाडि सैयौं सुरक्षाकर्मी तैनाथ गरेको छ । शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ। शिशुलाई अर्को अस्पतालमा सारिएको छ ।

salyan