भक्तपुरमा एकैदिन ३ संक्रमितको मृत्यु

८ मंसिर,भक्तपुरमा एकैदिन तीनजना कोरोना भाइरस संक्रमितको मृ,त्यु भएको छ। दुई जना महिला र एकजना पुरुष गरी एकैदिन तीनजना संक्रमितको मृ,त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको हो। कार्यालयका अनुसार यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ९८ जना पुगेको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका तीनजनाको मृत्यु भएको बताए। यसरी मृत्यु हुनेमा सूर्यविनायक नपाका २ महिला र भक्तपुर नपाका एक पुरुष रहेको उनले जानकारी दिए। जिल्लाका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका संक्रमितले ज्यान गुमाएका छन्। यहाँका २६ पुरुष र १५ महिला गरी ४१ जना संक्रमितको मृ,त्यु भएको छ।

त्यस्तै मध्यपुर थिमि नपाका २३ पुरुष र १० महिला गरी ३३ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नपाका ११ पुरुष र ८ महिला गरी १९ तथा चाँगुनारायण नपाका ४ पुरुष र एक महिला गरी ५ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ।

lekbesi