प्रदर्शन रोक्न बर्दिबासमा निषेधाज्ञा ,६ वर्षिया बालिका ह,त्या प्रकरण ,
मङ्सिर १० ,बर्दिबास – ६ वर्षीय बालिका गुलाब साह खातुनको बला,त्कार पछि ह,त्या प्रकरणपछि विरोध प्रदर्शन गरिएको बर्दिबास नगरक्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मलाई निषेधाज्ञा जारि गरेको हो ।
प्रशाशनले पूर्वमा बर्दिवास नगरपालिका,१ रातुखोला, पश्चिममा वडा नम्बर ५ माईस्थान, उत्तरमा वडा नं ३ पाटुचोक र दक्षिणमा वडा नं ८ क्वाटर चोकलाई चार किल्ला कायम गरी निषेधाज्ञा लगाइएको जनाएको छ ।
निषेधाज्ञा गरिएको स्थानमा ५ जना भन्दा बढी बेला हुन नपाईने र नियम पालन नगरे कारवाही गरिने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। निषेधाज्ञा भए पनि पूर्व–पश्चिम राजमार्गमा भने गाडी चल्न दिइने प्रशासनले जनाएको छ ।
मंगलबार हत्यारालाई कारबाहीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीको गोलि लागेर बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारको क्रममा मृ,त्यु भएको छ भने अन्य दुई जना गम्भीर घाईते भएका छन्।
बालिका खातुन गत आईतबार पसलमा सामान किन्न पुगेपछि घर नफर्कीएपछि उनको खोजि भएको थियो।मंगलबार खातुनको शव बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो ।
बलात्कार पछि ह,त्या गर्ने ब्याक्ति गौशाला नगरपालिका ५ का अरुण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ,ह,त्याराले बालिकाको बलात्कारपछि ह,त्या गरेको स्वीकार गरिसकेको छ।
स्थानीयले हत्यारालाई आफुहरुको जिम्मा लगाउनुपर्ने माग गर्दै हिजोदेखि बर्दिबासमा प्रदर्शन गरेका छन्।
स्थानीयले बलात्कारको घरमा आगो लगाएका छन् भने आगो निभाउन पुगेका दुइवटा दमकलआ पनि आगजनी गरेका थिए। प्रदर्शन रोक्न प्रहरीले गोलि चलाएको थियो।