यी हुन् बालिका बला,त्कार पछि हत्या गर्ने ह,त्यारा ,

मंसिर १० ,काठमान्डौ – ६ वर्षीय बालिका गुलाब साह खातुनको बला,त्कार पछि ह,त्या गरेको गौशाला– ५ को २५ वर्षीय अरुणकुमार साहले आफ्नो गल्ति स्वीकार गरेको छ।
हत्याराले बालिकालाई बलात्कार गरि हत्या गरेपछि बोरामा हालेर झाडीमा फालेको बताएको छ ।
महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीका सहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या पछि अहिले हत्यारालाई स्थानीयको जिम्मा लगाउनुपर्ने माग राख्दै विरोध प्रदर्शन भईरहेको छ।

बालिकाको विभिन्न ठाँउमा काटिएको र तोकेको अवस्थामा शव फेला परेको थियो भने दाँत पनि झरेको प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।
उनका अनुसार बालिकाको पोस्टमापन रिपोर्ट आउन बाँकी छ। प्रहरीले हत्यारालाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको थियो।
आक्रोसित बनेका स्थानीयले शाहको घरमा आगजनी गरेका थिए ,भने आगो निधाउन आएका दुईवटा दमकलमा पनि आगजनी गरेका थिए।

प्रदर्शन रोक्न प्रहरीले गोलि चलाएको थियो ,गोलि लागेर बर्दिबास,१ का बुद्धिराज भनिने सञ्जय न्यौपानेको मृत्यु भएको छ भने बर्दिबास–५ का श्याम कार्की र त्यस्तै, स्थानीय अफताब आलम पनि घाइते भएका छन्।
बालिका बलात्कार पछि हत्या गर्ने हत्याराले यो भन्दा अगाडीपनि एक युवकको हत्या गरेको प्रहरीमा उजुर छ भने यो भन्दा पहिले एक बालिकामाथि यौनजन्य दुव्र्यहार गरेका स्थानीयले जनाए।
सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले परिवारलाई बालिकाको हत्या गरेको बताएको खुलेको छ। त्यसपछि परिवारजनले नै इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले जनाए।
पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोला बसन्तचोकबाट नवक्षितिज क्याम्पस जाने मूलबाटोमा आरोपी साहले अरुण किराना पसल सञ्चालन गर्दै आएका छन्।
उक्त पसलमा आइतबार साँझ चकलेट किन्न गएका बेला बालिकालाई आरोपितले अपहरण गरेर घरमा लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनले बालिकाको हत्या गरेर बर्दिबासस्थित किराना पसल नजिकैको झाडीमा फालेर सोमबार दिनभरि पसल खोलेका थिए।
स्थानीयले सोमबार उनको पसलको सिसी क्यामरा हेर्न खोज्दा आरोपीले भनेका थिए, ‘किन हेर्न आएको ? मैले बच्चीलाई लुकाएको हो र ?
