Simta
Gurvakot
Gurvakot

सन्दीप लामिछाने लाई आईपीएल खेल्न दिल्लीले २० लाखमा किन्यो ,,

रंग दर्पण १४ माघ –     काठमाडौँः नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले भारतको चर्चित इन्डियन प्रिमियर लिग खेल्ने भएका छन् । नेपालबाट पहिलो पटक अक्सनमा परेका सन्दीप पहिलोपल्ट नै रोजाइमा परेका हुन् ।

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को अक्सन लिस्टमा परेका नेपाली युवा क्रिकेटर लामिछानेलाई दिल्ली डेयर डेभिल्सले किनेपछि आईपीएल खेल्ने पहिलो नेपाली पनि भएका छन् ।

Simta

पढ्नुस्: युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलको अक्सनमा

lekbesi

अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो । बलियो टिम दिल्लीले किनेसँगै एसोसियट राष्ट्र नेपालबाट आईपीएलमा प्रवेश पाउने नेपाली क्रिकेटरको सपना पनि पुरा भएको छ ।