नेकपा सचिवालय बैठकमा ओली प्रचण्डबीच चर्का चर्की ,

मङ्सिर १६ ,काठमान्डौ – नेकपा सचिवालय बैठकमा कार्यसूचीलाई लिएर चर्काचर्की भएको छ। वालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आजका एजेन्डा के हुन् भनेपछि भनाभन समेत भएको थियो।

लगतै नेकपा कार्यकारी अधय्क्ष प्रचण्डले पार्टी गम्भीर मोडमा छ , दुई प्रस्ताव अगाडि आएको र तिनै विषय बैठकका कार्यसूची हुने बताएका थिए । यस्तो भनाई पछि ओलीले आरोपपत्रमा छलफल नहुने बताएका थिए।

ओलीले आफुलाई जे पायो तेही बोल्न मिल्छ ,त्यो आरोपपत्रमा छलफल हुन्सक्द्दैना ,त्यसले पार्टीको साख गिराएको छ भनेर जवाफ दिएका हुन्।

बैठकमा प्रचण्डले आफूमाथि लाञ्छना लगाएकाले त्यो फिर्ता नलिएसम्म बैठक नबस्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका थिए।

सचिवालयका एक सदस्यले रंग दर्पणलाइ भने सुरुमा प्रचण्ड ज्युले ओलीलाई बोल्न भनेका थिए ,ओलीले कड्किएर यस्तोपानी प्रस्ताव हुन्छ ,यो आरोपपत्र फिर्ता लिनुपर्छ ,तपाईंले प्रस्तुत गरेको पत्र एकदम पूर्वाग्रहपूर्ण ।

त्यो लाञ्छना पत्र तपाईंले फिर्ता नलिएसम्म र क्षमायाचना नगरेसम्म यो बैठक चल्दैन समेत ओलीले बोलेको ति सदस्यले बताए। लगतै प्रचण्डले अन्य सचिवालयका सदस्यलाई ओली ज्युले उत्तेजित पार्ने कुरा गर्नुभो ,उहाले भने जस्तो हामि उत्तेजित हुँदैनौ भनेर जवाफ दिएको समेत एक सदस्यले बताए।

पार्टी एकताको रक्षा गर्ने र अहिलेको छलफललाई सकारात्मक दिशातिर लैजाने र सही निष्कर्ष निकाल्ने कुरामा गम्भीर छौं । अब छलफल गरौं पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए ।

नेकपा सचिवालय बैठक केहि छिन् तनावग्रस्त समेत भएको थियो। तेसलगतै नेकपा बरिस्ठ नेता माधव कुमार नेपालले प्रतिवाद गरेका थिए। ओलीले बोल्ने नदिने गरि तेसरी बोल्न मिल्दैन ,उहाँले यो प्रस्ताव यहाँ छलफल हुनै सक्दैन भन्नु भएको छ यो कसरि हुन सक्छ।

यसैमा छलफल हुनुपर्छ प्रचण्डले कर्णाली प्रकरण, वीरगञ्ज प्रकरण र भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटघाट प्रकरणलाई उठाएका थिए। अनि प्रचण्डले भनेका अथिए मैले जे देखे मिले तेही भने भने पछि केहि समय पछि ओली बैठकमा बस्न सहमत भ एका थिए ।

ओलीको चाहना भने बैठकनै नगर्ने प्रतिक्रिया थियो ,हामि सबैले बैठक किन नगर्ने भनेपछि ओली सहमतमा आएको एक सदस्यले बताए। आजको सचिवालय बैठकमा ईश्वर पोखरेल र वामदेव गौतमले पनि ओलीलाई झपारेका थिए भने विष्णु पौडेलले साथ् दिएका थिए।