ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा आचरण विपरित कार्य गरेका दुई एसपी निलम्वित , ,

मङ्सिर १७ ,काठमान्डौ – नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् । एसपि विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले बताए ।

दुवैले कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।

बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरी र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए ।