गाईघाटमा ट्रकले कारलाई ठक्कर दिँदा ४ जना घाईते ,,
जेठ ५ – चितवन , मुग्लिन ,नारायणघढ सडक गाईघाटमा सवारी दुर्घटना हुँदा चार जना घाइते भयका छन्।,
भरतपुर नाारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख २२०२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग २ च ४७६ नम्वरको कारलाई ठक्कर दिदा कारमा सवार ४ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा गोरखा ठिमुरो स्रोह वडा न. ९ का कारचालक विनोद श्रेष्ठ, सोही स्थानका बर्ष २२ का अन्जन कुँवर, सोही स्थानकै २६ बर्षका सुरज कुँवर र ललितपुरका भिम मास्के रहेका छन् ।
तिमध्ये सुरज र अन्जनको अवस्था अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भैरहेको छ , ठक्कर दिने ट्रक र चालक जुगेडी प्रहरीको नियन्त्रणमा रहेका छन् ।