नवलपरासीको बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृतु ,,
जेठ ५ -नवलपरासीको बर्दघाटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृतु भयको छ ,भने १ जना गम्भीर घाईते भयकाछन् ।
मृतु हुनेमा तीनजना बर्दघाटकै रहेका छन् । ,
बर्दघाट नगरपालिका १५ का १८ वर्षीय आसिस विशि , बर्दघाट १६ का १८ वर्षीय अजित सिंह ठकुरी , र १६ कै सन्तोष न्यौपाने रहेका छन् ।
बीसी र न्यौपानेको पृथ्वीचन्द्र अस्पताल परासी र ठकुरीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

बर्दघाट बाट त्रिवेणी जांदै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु १० प ४४३५ नको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
अत्यधिक रक्तासराबका कारण र टाउकोमा गहिरोचोट लागेका उनलाई उपचारको क्रममा मृतु भयको छ । , ति मध्ये बर्दघाट १४ का २३ वर्षीय राजकुमार बिसी गम्भीर घाईते छन् उनको बुटवलको जेनस अस्पतालमा उपचार भईरहेको छ ।