भारतीय जासुसी र प्रधानमन्त्री ओलीको गोप्य वार्ता सार्वजनिक यस्तो थियो ,

मङ्सिर १९ ,काठमान्डौ – भारतीय जासुसी गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयल र प्रधानमन्त्री ओलीको रातारात गोप्य भेटले संसदीय समितिमा परवेश पाएको छ।

सत्तारुढ नेकपाका सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन् ।

ज्ञवालीले भने विषय धेरै अगाडी बढिसकेको छ ,गोयलको भेटले थुप्रै रिजल्ट ल्याईसकेको छ हामि पुरानै कुरामा अड्किएर बसेका छौ ,गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले बताए ।

तेस्तै गोयल र प्रधानमत्रीक भेट कुनै अपार्दर्शिकता होइन उनले भने। ,कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू उनले भने ?

कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन् नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र ? त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ज्ञवाली थपे ।