surkhet

विप्लव समूहद्वारा शिक्षकको गोलि हानि ह,त्या ,

surkhet

मङ्सिर २३ ,विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिका,१ रमिते खोलाका एकजना शिक्षकको अपहरणपछि गोली हानी ह,त्या भएको छ। हत्यामा नेत्रविक्रम चन्द समूह विप्लवको संलग्नता रहेको प्रहरीले बताएको छ ।

विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा मंगलबार बिहान ४५ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको ह,त्या गरेको सूचना आएको हो। श्रेठलाई घरबाट अपहरणगरि करिब एक किलोमिटर पर टाउकोमा गोलि हानि हत्या गरिएको प्रहरीले बताएको छ।

Gorkha

स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक श्रेष्ठलाई मंगलबार अज्ञातसमुहले लिएर गएको मक्लाजुङ गाउँपालिका– १ का वडा अध्यक्ष नरबहादुर राईले रंग दर्पणलाई बताए।

Dailekh

अपहरगरिएको जानकारी पछि स्थानीयले प्रहरीलाई समेत जानकारी गरेका थिए ,खोजि गर्दै जाँदा जंगलमा उनको शव फेलापरेको र टाउकोमा गोलि लागेको अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ।

प्रहरी श्रोतका अनुसार मिक्लाजुङ नेत्र विप्लव चन्द समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समुहको सैन्य अभ्यास क्षेत्र हो ,जसमा प्रहरीले गत कार्तिक महिनामा निगरानी समेत बढाएको थियो। उक्त क्षेत्रमा मोबाईल नेटवर्कले पनि राम्रो संग काम नगर्ने प्रहरी बताउछ ।

salyan