सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढ्यो ,

मङ्सिर २३ ,काठमान्डौ – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

यो संगै अब सगरमाथा शिखरको उचाई ८,८४८.८६ कायम भएको छ। नेपाल र चीनले छुट्टा छुट्टै उचाई नापेका थिए। सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो ,जसबाट सगरमाथाको नाम माउण्ट एभरेस्ट राखिएको हो ।

सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो । सगरमाथाको उचाईमा विवाद भएपछि नेपाल र चीनले नाप्ने र एकैसाथ सार्वजानिकगर्ने २०१९ अक्टुबरमा साझा धारणा भएको थियो।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।