छिमल छाँया पछि रामजी खाँडको पानि आँधीको चर्चा ,

मङ्सिर २३ ,काठमान्डौ – चर्चित गायक मोडल रामजी खाँडको पानि आँधीले बजारमा तहल्का पिट्दै छ। गितमा रामजी खाँड र शान्ति श्री परियारको स्वर रहेको छ।

केहि दिन अगाडीमात्र रामजी खाँडको स्वर अभिनय रहेको गित छिमल छायाँले दर्शकको मन मात्र जितेन ट्रेनडिङ्ग न एक बटुल्न सफल भयो।

आजमात्र सार्वजानिक भएको गित पानि आँधीकोलाई पनि दर्शकले अत्यधिक रुचाएका छन्। गितलाई गायक स्वयम्ले संगीत गरेका हुन् भने बरिस्ठ सर्जक रमेश बिजीले शब्द लेखन गरेका छन्।

मलाई कृष्ण मानेकी राधिका,सुनको पाउजु लाउछौकी चाँदीका पानी आँधीको, कुन लाउँछौ पिरती सुनकी चाँदीको यो मन छुने थेगो भने लोक दोहोरि गायक राजु परियारको हो।

गितमा रामजी खाँड र सगुन शाहीको अभिनय देख्न सकिन्छ। लोक संगीतको बजारमा गायक रामजी खाँडले फेरी बजार तताएको देखिन्छ।