अस्पतालबाट पक्राउ परेका विप्लव समूहका अनिल शर्मालाई अद्लातले छोड्छ सरकारले दमन गर्छ ,
मङ्सिर २४ ,काठमान्डौ – नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता अनिल शर्मा ‘विरही’ छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै नुवाकोटबाट फेरी पक्राउ परेका छन्।
शर्मा स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका हुन्। बेलकोटगढी नगरपालिका,१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग अनिल शर्माको मुद्दा चलिरहेको थियो।
मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको छ ।
मङ्सिर १८ गते उनलाई पक्राउ गरेर नुवाकोट ल्याईएको थियो ,स्कईभेटरमा आग्जनि गरेको बलियो प्रमाण नपाएपछि अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।
साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
काभ्रेमा शर्माको सङ्गठित अपराध, एनसेल टावरमा आगजनी गरेको आरोपमा मुद्दा भएको प्रहरीले बताएको छ। चितवनमा उपचार गरिरहेका शर्मालाई वैशाख २३ अस्पतालबाटनै तेहाको प्रहरीले पक्राउ गरेको थियो।
२३ गते पक्राउ गरेर प्रहरीले उनलाई धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौं, ललितपुर नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो।
नुवाकोट जिल्ला अदालतले शर्मालाई साधारण तारेखमा छोड्न आदेश दिए लगतै पून: प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो। अनिल शर्माले भने आफुलाई राज्यले झूठा मुद्दा लगाईरहेको प्रतिक्रिया दिएका छन्।
आफूमाथि कुनैपनि प्रमाण नपाएपछि अदालतले छोड्न आदेश दिएपनि राज्यले प्रशाशन लगाएर दमन गरिरहेको शर्माले बताए।