Gold

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा ,

Naumule Migrate

मङ्सिर २४ ,काठमान्डौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा भएको छ। उनीहरुबीच भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार एकीकरणको घोषणा भएको हो ।

साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् ।एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ।

छ महिनाभित्र एकता महाधिवेशन गर्ने भनिएका पार्टीमा दुवै दलबाट केन्द्रीय समितिमा ६५/६५ जना रहनेछन् भने सचिवालय २६ सदस्यीय रहेका छन् । विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न नै कायम हुनेछ ।

विगतमा एकै रहेको दल बिचमा फुटेर अलग समेत भएको थियो। पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको उल्लेख गरेका छन्। देशमा भईरहेको भ्रष्टाचारविरूद्ध सबै एक भएर लाग्ने पनि मिश्रले बताए।

Naumule Badhipahiro