भक्तजन पशुपतिनाथ मन्दिर खुल्ने प्रतिक्षामा ,
मङ्सिर २५ ,काठमान्डौ – यहि पुष १ गते देखि पशुपतिनाथ मन्दिर खुल्ने जानकारीपछि लाखौ भक्तालुजनहरु खुसि भएका छन्। भक्तालुजनलाई मध्यनजर गर्दै सरकारसंग समन्यव गरि पशुपति विकाष कोषले यहि आउँदो पुष १ गते देखि पशुपतिनाथ मन्दिर खुल्ला गर्ने बताएको हो।
गत वर्षको चैत ११ गतेबाट देशभरका मठ मन्दिर कोरोना महामारीका कारण बन्द गरिएको थियो। गत साउन महिनाबाट अन्य मन्दिर खुल्ला भएपनि पशुपतिनाथ अहिले सम्म बन्दनै छ।
मन्दिर प्रवेशको लागि कोषले आफ्नै नियम बनाएको छ ,सुरुदेखिनै भक्तालुजनलाई सामाजिकदुरी कायम राख्ने ,माक्स,हेण्डस्यानिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने कोषले जनाएको छ।
तेस्तै कोषले पशुपतिनाथ मन्दिरको सबै ढोका खुल्ला नगर्ने जानकारी गरेको छ। मन्दिर प्रवेश गर्नेहरुकोलाई एक ढोका बाट प्रवेश गराएर अर्को ढोकाबाट बाहिर पठाउने व्यवस्था गरिएको कोषले बताएको छ।