Gold

उत्कृष्ट प्रदर्शनीका साथ केपिएल :रुपन्देही ,मध्य-पश्चिम र धनगढ़ी क्रिकेट एकेडेमी को जित

Naumule Migrate

सुर्खेत, ५  जेठ । कर्णाली प्रदेश को राजधानी बिरेन्द्रनगर मा भईरहेको कर्णाली प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न ३ वटा खेलहरु मा मध्य-पश्चिम क्रिकेट , धनगढ़ी क्रिकेट एकेडेमी र रुपन्देही ११ ले जित आफ्नो हातमा प्राप्त गरेका छन ।

तेस्रो दिनको खेल मा पनि उत्कृष्ट प्रदर्शनी का साथ  समुह ‘ए’ बाट टिकापुर क्रिकेट क्लब र रुपन्देही ११ २ खेलमा समान २/२ जितको साथ ४ अंक बटुल्दै शिर्ष स्थानमा रहेका छन् भने सोहि दिन मै समुह ‘बि’ मा ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै धनगढी क्रिकेट एकेडेमी शिर्ष स्थानमा रहेको छ भने २ खेलमा १ जित र १ हार बेहोरेको मध्य-पश्चिम क्रिकेट क्लब २ अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा :खेलको म्यान अफ द म्याच दिपेन्द्र रावत

शनिबारको पहिलो खेलमा मध्य-पश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनाउन सक्यो।

मध्य-पश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावत एक्लैले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए भने सुनिल सुनारले ३ विकेट तथा भिम धमलाले २ विकेट आफ्नो नाम गरे। रोयलको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन योगदान दिए भने खुसिराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए।

८८ रनको लक्ष्य मध्य-पश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए।

दोस्रो खेलमा : खेलको प्लेयर अफ द म्याच सुनिल धमला

शनिबारै सम्पन्न दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले एबिसी स्पोर्ट्स क्लबलाई ३२ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको छ।

टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो।

धनगढीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४० रन योगदान दिए जुन क्रममा ३५ बलमा ४ चौका प्रहार गरे। यस्तै बसन्त कार्कीले ३० रन बनाउन २० बलमा ३ छक्का र १ चौका प्रहार गरे। लोकेश बमले २५ तथा कप्तान भुवन कार्कीले १५ रन बनाए। एबिसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २/२ विकेट आफ्नो नाम गरे।

लक्ष्य पछ्याउने क्रममा एबिसीले १२१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। एबिसीका ब्याट्सम्यान आयुष्मान बमले सर्वाधिक ३१ तथा महेश खत्रीले २१ रन योगदान दिए। धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान २/२ विकेट आफ्नो नाम गरे।

तेस्रो खेलमा :खेलको प्लेयर अफ द म्याच सुरज दराई

शनिबारको अन्तिम खेलमा रुपन्देही ११ ले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई रोमान्चक खेलमा ४ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले पुरा २० ओभरमा ९ विकेट गुमाएर १५५ रनको योगफल तयार गर्यो। आर्मीको लागि भिम शार्कीले सर्वाधिक ४३ रन, कप्तान बिनोद भण्डारीले ३२ रन तथा सागर पुनले २९ रन बनाए। शार्कीले ३० बलमा ४ चौका र २ छक्का तथा भण्डारीले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रुपन्देहीका बलर कृष्ण कार्की र बशिर अहमदले समान ४/४ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले २.२ ओभरमा २४ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो जसपछि पुनः आधा घण्टा पछि खेल सुचारु हुँदा प्याराबोला प्रणाली अनुसार रुपन्देहीलाई ११ ओभरमा ९३ रनको लक्ष्य दिईएको थियो।

२४/१ को अवस्थामा रहेको रुपन्देहीले त्यसपछि ५२ रनको स्कोरमा ६ विकेट गुमाउन पुग्दा हारको खतरा देखिएको थियो। तर सातौँ नम्बरमा ब्याटिंग गर्न आएका सुरज दराईले आक्रामक ब्याटिंग गर्दै मात्र १६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेपछि रुपन्देहीले ६ बल अगावै लक्ष्य पुरा गरेको थियो। सातौँ विकेटको लागि दराईले शक्ति गौचनसंग ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

 

Naumule Badhipahiro