बलात्कार घटना ५ लाखमा घरभित्र मिलाईरहेकोबेला पक्राउ परे ६ जना ,

मङ्सिर २६ ,मोरङ्ग- मोरङ्गमा बलात्कारको घटना गाँउमा मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पिडित पक्षलाई ५ लाख रुपैया दिएर मिल्न दबाब दिने उनीहरुलाई मिलापत्रको कागज सहित घरबाटनै प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका,१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका,८ का ५३ वर्षीय मथालु खवास रहेका छन् ।

प्रहरीका अनुसार २०७७ भदौ २४ गते साँझ धनपालथान गाउँपालिका-५ स्थित धान खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ बस्ने ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई बलात्कार गरेर फरार भएका थिए। फरार रहेका खवासलाई अनुसन्धान गरिरहेको प्रहरीले रंगेली नगरपालिका,७, बजार क्षेत्रबाट मंसिर १९ गते दिउँसो ३ बजे पक्राउ गरेको थियो ।

उनि फरार रहेपनि गाँउमा पिडितपक्षलाई ५ लाख रकम दिने भन्दै मिलापत्र भईरहेको जानकारी पछि प्रहरीले मिलापत्र गराउने ६ जनालाई बिहिबार कागज सहित पक्राउ गरेको हो।

हालैमात्र मन्त्रिपरिषद्‌बाट पारित नयाँ अध्यादेशमा बलात्कार कसुर मिलापत्र गराउनेमाथि ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ । यो भन्दा अगदिपानी प्रहरीले बलात्कारका घटना मिलापत्र गराउने ब्याक्तिहरुलाई पक्राउ गरिसकेको छ।