surkhet

भुक्तानी नदिनी चारवटा चिनी मिललाई पक्राउ गर्न गृहको निर्देशन ,

surkhet

मङ्सिर ३० ,काठमान्डौ – उखु किसानको भुक्तानी नदिने चारवटा चिनीमिल संचालकलाई पक्राउ गर्न गृहमन्त्रालयले निर्देशन गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मंगलबार गृहमा भएको छलफलमा भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको हो।

Gorkha

उखु किसानको बक्यौता रकम नदिने इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

Dailekh

विगत ४ वर्षबाट किसानको पैसा चिनीमिल संचालकले नदिएपछि किसानहरु गत वर्ष पौष महिनामापनि काठमान्डौमा आएर आन्दोलन गरेका थिए।

आन्दोलनपछि पौष १८ गते उखु किसान संघर्स समितिसंग वार्ता गरि पैसा उपलब्ध गराउने वाचा गरेको थियो। तर अहिले सम्म पैसा नपाएपछि गत २८ गते आईतबारबाट किसानहरु काठमान्डौ आएर माईतिघरमा आन्दोलन गरिरहेका छन्।

 

salyan