Simta
Simta
lekbesi

वैदेशिक रोजगारीका सिन्डिकेटधारी पक्राउ , भीएलएनका अध्यक्ष राम श्रेष्ठ समातिए ,,

Gurvakot

जेठ,६ काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने व्यवसायीलाई पनि पक्राउ गर्न थालेको छ ।

मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त रुपमा आर्थिकलिने र थप अवैधानिक धन्दा चलाइरहेका
वाइड स्पेस म्यानपावरका सञ्चालक श्रेष्ठ पक्राउ परेका छन् ।

उनले म्यानपावरका साथै छुट्टै हारभेष्ट मुन ट्राभलस पनि संचालन गर्दै आयका छन् ।

lekbesi

भीएलएनको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउगर्नुको साथै कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरेको छ ।

सरकारबाट अनुमति नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा कर बाहेक २८ सय रुपैयाँ अशुल्ने काममा श्रेष्ठको भूमिका रहेको आरोप छ ।

श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर ३२ सय रुपैयाँ असुल्दै आएका थिए । उनको यो धन्दा २०७० कार्तिक देखि चलिरहेको थियो । ७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दै आयका थिय।

भीएलएनले अहिलेसम्म करिब एक अर्ब ९३ करोड रुपैयाँ अवैध असुली गरेको छ । वान स्टप सेन्टरका नामा झण्डै ५७ करोड रुपैयाँ ठगिएको छ ।
श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिन्डिकेट तोड्ने घोषणा गरेका थिए ।

उनले मलेसियामा नयाँ सरकार बनेलगत्तै कुटनीतिक रुपमा यस्ता गैरकानुनी धन्दा बन्द गराउन पहल गरेका थिए ।

तेस्तै सरकारले मलेसिया जाने र मलेसियाको लागि गरिने स्वास्थ्य जांच बायोमेट्रिकपनि बन्द गरेको छ।

Simta