संवैधानिक परिषद् अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड,

मङ्सिर ३० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्ने बताएका छन्।
बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । पार्टी स्थायी कमिटि बैठक बसिरहेकोबेला पार्टीमा कुनै परामर्श नगरी अध्यादेश जारि गरेको भन्दै प्रचण्डले विरोध गरेका छन्।
सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो प्रचण्डले भनेका छन्।


सबै राजनीतिक दलले तुरुन्त संसद अधिवेशन बोलाउन पनि भनेको सन्दर्भमा पार्टीभित्र गम्भीर बहस छलफल, भइराखेको स्थितिमा पार्टीको बैठक र पार्टीलाई जानकारी नदिइकन कार्यदलको मर्म र भावनालाई पनि बेवास्ता गरेर संविधानको मर्म र स्पिरिटलाई लत्याउँदै, लोकतन्त्रको उपहास गर्दै आज अध्यादेश जारी गर्नु बदनीयपूर्ण छ ।
सरकारले ल्याएको अध्यादेश तत्काल खारेज हुनुपर्छ प्रचण्डले भने सरकारको सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएको हो ।
संवैधानिक परिषदको बैठक आईतबार बोलाईएपनि प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने जानकारी गरेपछि बस्न सकेन। आज मंगलबार भने प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा बैठकमा सहभागी नहुँदा साँझ ५ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
बैठक बस्न नसकेपछि मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले अध्यायादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा निर्णय गर्नसक्ने अनुमान गरिएको छ । त्यस लगत्तै प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
