बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु,

मङ्सिर ३० ,काठमान्डौ – प्रधानमन्त्री निवास वालुवाटारमा संवैधानिक परिषदको बैठक मंगलबार साँझबाट सुरु भएको छ। बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन्
। परिषदमा हाल बहालमा अरहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित छन् ।

सरकारले मंगलबार जारि गरेर ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

सहमत भएमा जना सदस्यले निर्णय गर्नपनि सक्नेछन्। संवैधानिक निकायमा गरी विभिन्न रिक्त ४५ सदस्य नियुक्तिका लागि परिषद बैठक बसेको छ। स्थायी कमिटि बैठक चलिरहेकोबेला पार्टीमा कुनै छलफल नगरी सरकारको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छिन।
जसको चौतर्फी विरोध भईरहेको छ ,नेकपा अध्यक्ष प्रचण्डले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिना आवहान गरेका छन् भने नेकपा अन्य सबै नेताहरुले सरकारले मुलुकको लोकतान्त्रिक पद्धतिका विरुद्ध प्रहर गरेको भन्दै चर्को आलोचना समेत गरेका छन्।
