अध्यादेश फिर्ता नभए थप एक्सनमा जान्छौ प्रचण्ड :

पुष ३ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् ।

आज पेरिसडाँडामा प्रचण्ड र माधव कुमार नेपाल निकट प्रदेश १ का नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका हुन् ।

प्रचण्डले भने पार्टी एकीकरणपछि दुई अध्यक्ष भएर धेरै निर्णय गरियो ,तर प्रधानमन्त्रीले धेरैपटक धोका दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको प्रचण्डले बताए ।

असंवैधानिक र अराजनीतिक अध्योदश फिर्ता गर्ने पार्टी निर्णय हो, यसको अवज्ञा गरिए हामी एक्सनमा जान्छौं’, उनले भने ।

अध्यादेश फिर्ता गर्न भन्दै आज वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता र छलफल भएको छ ।

नेकपामा पुराना विवाद कायमै रहेका बेला अध्यादेश प्रकरण थपिएपछि थप विवाद चुलिएको छ । बुधबार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता गर्ने भनेपनि फिर्ता गरेका छैनन् ।

ओलीले पार्टी विभाजन गर्ने योजनाका साथ एकपछि अर्को कदम चालिरहेकाले अध्यादेश पनि ल्याइएको प्रचण्डले बताए । अब दुई अध्यक्ष भएर यसरि पार्टी अगाडी नबढा सक्ने प्रचण्डले बताएको सहभागी एक नेताले बताए।