बिबाद न टुंगिए पछी विद्या भण्डारीको अफिसमा धर्ना बस्ने तयारी गर्दै प्रचण्ड–नेपाल समूह
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटी बैठकमा विवा,दित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने वचन दिएका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले धो,का दिएका छन् । जारी स्थायी कमिटी बैठकमा ओलीले अध्यादेश फिर्ता लिने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीको अफिस शितलनिवासमा पुगेको हस्ताक्षर फिर्ता लिने सहमति भएको थियो ।
सहमति अनुसार प्रचण्ड–नेपाल पक्षका नेताहरू भीम रावल र पम्फा भुसाल त्यसै दिन शितलनिवासबाट फिर्ता भएर घरतिर लागे । ओलीविरु,द्ध संसदको विशेष अधिवेशन माग गर्ने प्रचण्ड–नेपाल समूहको प्रयास त्यति नै बेला फिर्ता भयो, तर ओलीले अझै अध्यादेश फिर्ता गरेका छैनन् । बिहीबार साँझ भएको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ताको निर्णय हुने अपेक्षा गरिएपनि त्यसबारे कुनै जानकारी दिइएको छैन । बिहीबार दिउँसो भएको भेटवार्तामा समेत प्रचण्डले ओलीलाई अध्यादेश फिर्ताको निर्णय गराउन सचेत गराएका थिए । तर ओलीले एकपल्ट राष्ट्रपति भण्डारीलाई भेटेर मात्रै अध्यादेश फिर्ताको निर्णय गर्ने अडान लिएका छन् ।
यसरी ओलीले दिएको वचन पूरा नगरेर धोका दिएको भन्दै प्रचण्ड–नेपाल पक्ष आक्रोशित बनेको छ भने ओलीविरुद्ध योजना बनाइरहेको छ । त्यसको संकेत गरेका छन् नेकपा नेता विष्णु रिजालले । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीमा निर्णय भएपछि त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्दा मात्रै अविश्वास र असहमति कम गर्न सकिन्छ । प्रधानमन्त्रीले अध्यादेश तत्काल फिर्ता नलिए संसद्को विशेष अधिवेशन आ,ह्वानका लागि सांसदहरू फेरि शीतलनिवास पुगेको दृश्य देख्नुपर्ने नै छ । दुनियाँ हँसाएर र आफ्नै विश्वसनीयता यति तल झारेर स्वयम् व्यक्ति र पार्टीलाई के फाइदा होला र रु’
प्रचण्ड–नेपाल पक्ष पुनः राष्ट्रपति भण्डारीको अफिस शितलनिवास पुगेर धर्ना बस्ने संकेत नेता रिजालले दिएका छन् । यसअघि बुधबार दिउँसो शितलनिवास पुगेका भीम रावल र पम्फा भुसालको निवेदन दर्ता नभएपछि रातिसम्म ध,र्ना दिएका थिए । ओलीको जिद्दीले नेकपा वि,वाद झन् उत्कर्षमा पुग्ने देखिएको छ ।