सुर्खेतमा नेकपा भित्र पून: विवाद सुरु,पुर्व वाईसियल बरिस्ठ उपाध्यक्ष खिम पाण्डेले जनाए आपत्ति ,

पुष ४ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतमा नेकपा भित्र पून: विवाद सुरु भएको छ। जिल्ला कमिटि पुर्व वाईसियल बरिस्ठ उपाध्यक्ष खिम पाण्डेले रास्ट्रिय युवा संघका अध्यक्ष पदम बमसंग घोर आपति जनाउदै विज्ञप्ति जाहेरी गरेका छन्।

पदम बमले सुर्खेतमा गोप्य भेला राख्ने आफुहरुसंग कुनै जानकारी बिनानै भित्रि संगठन विस्तार गर्ने जस्ता कार्यप्रति आफ्नो घोर आपति रहेको पाण्डेले बताए।

कुनै पनि कार्यक्रममा आफुहरुलाई छलफलमा नबोलाउने ,जानकारी नगर्ने र गोप्य छलफलमा बसेको भन्दै पाण्डेले आपत्ति जनाए।

जिल्ला कमिटिमा पूर्व देखिने मेरो लगन, त्याग, बलिदान पक्कै होला अध्यक्षले जानकारी नगरी आन्तरिक गोप्य छलफल बस्नुमा म घोर भत्सना गर्दछु पाण्डेको विज्ञप्तिमा उल्लेख छ।

सुर्खेतको सिम्ता गाँउपालिका ,भेरिगंगा नगरपालिका ,गुर्भाकोट नगरपालिकामा पदम बमले आन्तरिक गोप्य छलफल गर्ने आफ्ना निकटका ब्याक्तिहरुलाई सुर्खेतमा बोलाउने समेत गरेका छन्।

तेस्तै जिल्ला कमिटि सदस्य सचिव रमेश परियारले पनि रास्ट्रिय युवा संघका अध्यक्ष पदम बमले वरियता र बरिस्ट्ताको ख्याल नगर्ने र निकटका ब्याक्तिहरुलाई बोलाई गोप्य भेला गरेको भन्दै असन्तुस्ट पोखेका हुन्।

सुर्खेतमा नेकपाभित्र अहिले पूर्व एमाले र पूर्व एमाओवादी समेत भनेर झन्डै पार्टी विघटनको संघारमा पुगेको थियो।