अप्पन कमाई मंगै छि ,दोसरे कि कमाई खाईके आदत नै छै,
पुष ४, काठमान्डौ – उखु किसानहरुले सरकार तिमी कहाँ छौ हामी किसान यहाँ छौ भन्दै आन्दोलन गरेका छन ।
किसानको माग पूरा गर विचौलियालाई कार्बाही गर सरकार तेरो पाराले दु:ख पायो साराले ,उखु किसान जिन्दावाद ,किसान मार्न पाईदैन, लगायतका उनिहरुले नारा लगाएका हुन ।
माईतिघर मन्डलाबाट निक्लेको उखु किसानको आन्दोलन नयाँ वानेश्वरमा पुगेर कोण सभामा परिणति भएको हो ।उखु किसानहरुले आज उखु ,हलो, जुवा बोकेर प्रदर्शन गरेका थिए।
तेस्तै अब आउने शनिबार सम्म आफ़ुहरुको बक्यौता रकम उपलब्ध नगरे सरकार विरुद्द देशभर किसानहरुले प्रदर्शन गर्ने समेत बताएका हुन्।
तेस्तै चिनी उधोगी विचौलियालाई समाउन नसक्ने सरकार मन्त्रिको काम नभएको समेत उनीहरुले बताएका छन्।