६ वटा निर्णय :कर्णाली प्रदेश मन्त्रिपरिषद वैठकमा
सुर्खेत, ६ जेठ । कर्णाली प्रदेश मन्त्रिपरिषद वैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा गत जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
चालकहरुले कर्णाली प्रदेशका लागि पु¥याएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई लागू औषध नियन्त्रण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानूनको मस्यौदा तयारीमा सहयोग पु¥याउनका लागि यथाशीघ्र प्रादेशिक कानून आयोग गठन गर्ने निर्णय गरेको छ ।
बैठकले कर्णाली प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि विधेयक २०७५ तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जन सहित पुर्व वजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने , कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरि जिम्मेवारी दिने निर्णय भएको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिईन ।