संसद विघटनविरुद्द कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने ,
पुष ८ ,काठमान्डौ – केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिसलाई रास्ट्रपति विद्यादेवी भण्डारीले सदरगरेको विरोधमा प्रमुख प्रतिपक्षदल नेपालि कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको छ।
बुधबार बसेको कांग्रेस कार्यसमितिको बैठकले केपी ओली र रास्ट्रपतिको कु कार्यकोलाई देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको हो। प्रदर्शनको मिति भने भोलि ९ गतेको बस्ने कार्यसमितिको बैठकले पारित गर्ने एक नेताले बताए।
संसद विघटनलाई लिएर अहिले नेकपाभित्र समेत दुईधार बनेको छ। नेकपा पार्टीभित्र अल्पमतमा पाएका केपी शर्मा ओलीले कुनै उपाए नलागेपछि संसद विघटनको माग गरेका थिए ,जसलाई रास्ट्रपति भण्डारीले सदर गरेकी थिइन्।
संसद विघटन अलोकतान्त्रिक भएको र नेपालि जनताको संघिय गणतन्त्र लोकतन्त्रलाई धरापमा पारेको भन्दै ओलीविरुद्द विपक्षदल नेपालि कांग्रेस ,समाजवादी लगायत पार्टीले देशव्यापी रुपमा प्रदर्शन गर्ने बताएको हो।