प्रधानमन्त्रीका कारण २५ सय किसानको घर जग्गा लिलाममा पुग्यो ,

पुष ९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीका कारण २५ सय किसानको घर जग्गा लिलाममा जाने भएको छ। विगत चार वर्षपहिलेबाट सर्लाही ,नवलपरासीका २५ सय उखु किसानले आफ्नो उखुको बक्यौता रकम चिनीमिलबाट लिन बाँकी छ।

किसानले पटक पटक चुनि उधोगीलाई पैसा दिन आग्रह गरेपनि उनीहरुले पैसा पाएनन। गत वर्ष पुषमहिनामा सर्लाही नवलपरासीबाट उखी किसानहरु काठमान्डौमा आएर आन्दोलन गरेका थिए।

सरकारले गत पुष १८ गते उखु किसान संघर्ष समितिसंग छलफल गरेर आन्दोलन स्थगित गराएको थियो। आफ्नो बक्यौता रकम तत्कालै फिर्ता गराउने र चिनी मिल मालिकलाई कारबाही गरिने प्रतिबदता पछि किसान घर फर्कीएका थिए।

तर अहिले ठिक १ वर्ष सम्म सरकारले न त किसानको पैसानै फिर्ता गर्यो न त चिनी मालिकलाई कारबाही गर्यो। अहिले तेही मुद्दा लिएर उखु किसानले विगत दिनदेखि माईतिघर मण्डलामा प्रदर्शन गरिरहेका छन्।

तर सरकारको यसमा अकुनैपानी चासो छैन ,उखु किसानले बैंकबाट ऋण ल्याएर उखु लगाउने र चिनी मिललाई दिने गरेपनि उनीहरुको जग्गाको लालपुर्जा अहिले सम्म बैंकमा छ। उता बैंकले उनीहरुको जग्गा लिलाम गर्ने तयारि गरेको छ तर प्रधानमत्री भने पार्टी विभाजान गर्ने संसद भंग गर्नेजस्ता कार्यमा सक्रिय देखिन्छन। किसानको हरिबिजोग सडकमा देखिदा सम्म ओली एक पटकसम्म बोलेका छैन्न ।

तेस्तै उखु किसान ७० वर्षिय गंगादेव रायको घर जग्गा लिलाम हुन अब महिना अहोईन दिन बाँकी छ ,तेस्पछि उनको बस्ने घर समेत हुनेछैन अहिले उनि रुदै काठमान्डौको सडकमा भौतारिरहेका छन्।

अन्नपूर्ण मिल मालिकले उनलाई दिनुपर्ने रु ४ लाख छ ,ब्याजसहित उनको १० लाख भईसकेको छ। बल्ल तल्ल अन्नपूर्ण चिनी मालिकले ४ लाख रकम रायलाई दिने प्रतिवाड़ता गरेको छ ,अब उनलाई रु ६ लाख आवस्यक पर्ने छ।

,जसको लागि समाजसेवी लाखौ करोडौको मनमुटुमा बसना सफल भिम उपाध्याले जनसम्पर्क गरि रायलाई ६ लाख रकम जम्मा गरि उनको जग्गा बचाईदिने प्रतिबद्दता गरेर अगाडी बढेका छन्।

भिम उपाध्याले उक्त रकम अब केहिदिनमानै जम्मा गरिदिने बताएका छन् ,जसले गर्दा रायको जग्गा फिर्ता हुने छ तर तेस्तै अन्य थप्रै किसान छन्। अहिले रायको बैंक खाता एक्टिभ गराएर देश विदेशका विभिन्न ठाँउबाट रकम जम्मा गर्ने काम भईरहेको छ। जो कोहि सहयोग गर्न चाहनेले रायको निम्न खातामा रकम जम्मा गर्न सकिने छ।

नाम- Gagan Dev Ray Yadav
Agricultural Development Bank,
Branch Malangawa, Sarlahi
Acc no. 1006401586557011