प्रचण्ड–माधव समूहले गर्यो देशभर आन्दोलनको घोषणा ,नेपाल बन्द समेत हुनसक्ने ,

पुष ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल प्रचण्ड-माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज बसेको केन्द्रिय कमिटि बैठकले भोलिबाटनै सडकमा आउने निर्णय गरेको हो।

समुहले काठमान्डौमा अबोलिदेखीनै विरोध सभा गर्ने बताएको हो। १४ गते देशव्यापी रुपमा प्रदर्शन हुने नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए। भोलि १० गते बिहान ९:३० बजे माईतिघर मण्डलामा केन्द्रिय सदस्य, सासंदहरू लगयत जम्मा हुने र निर्वाचन आयोग जाने ,र २ बजे पत्रकार सम्मेलन गर्ने आजको कमिटि बैठकले निर्णय गरेको छ।

तेस्तै आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ,यो अप्छी अझै सशक्त आन्दोलन गरिने छ , आईपरेमा नेपाल बन्द समेत हुने छ ,१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गरिने छ श्रेष्ठले भने। यस्तै २० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने पनि समुहले बताएको हो।