प्रहरी र विप्लव कार्यकर्ताबीच संखुवासभामा गोलि हानाहान ,

पुष १२ ,संखुवासभा – सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र र नेपाल प्रहरीबीच संखुवासभामा गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर ४ मैदानेमा विशेष सुराकीको आधारमा पुगेको प्रहरी टोलीमाथि नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले गोलि प्रहार गारेपछी प्रहरीले जवाफी कारबाहीमा फायरिङ्ग गरेको हो।

चन्द समूहले ६ राउण्ड गोलि प्रहार गरेका थिए जवाफमा प्रहरीतोलेली दर्जनबढी फायर गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले रंग दर्पणलाई बताए। दुवै तर्फ फायर चलेपनि केटी विवरणभने अहिले सम्म आएको छैन।

विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सादा पोशाकमा त्यसतर्फ गएको थियो ।

प्रहरी टोलि घरमाभित्र पुग्न साथ छिर्ना साथ् बाहिर जंगलबाट गोलि प्रहार भएको प्रहरी श्रोतको भनाइ छ। गोलि चलाउँदै विप्लव समुहका कार्यकर्ता जंगलतिर भागेका छन् ,प्रहरीले घरबाट विस्फोटक पदार्थ मोबाईल ,नियोजेल,महत्वपुर्ण दस्तावेज फेला पारेको बताएको छ।

अहिले जंगलतर्फ र गोलि हानाहान भएको क्षेत्रमा व्यपाक प्रहरी चालान गरिएको छ। यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र चन्द समूहबीच दोहोरो भिडन्त भएको थियो ।