उपरास्ट्रपति सरकारको नीति तथा योजना कार्यक्रममा किन अनुपस्थित भय ल हेर्नुहोस ,,
जेठ ७ – नेपाल कम्युनिस्ट पार्टीले वालुवाटारमा हिजो बसेको बैठकले पाँचवर्ष सम्म आफ्ना कार्य ,तर्जुमा र लक्ष्य सरकार सामु पेश गरेको छ। ,उक्त कार्य तर्जुमालाई सरकारले पास गरि आज रास्ट्रपति विद्यादेवी भण्डारीले संसद भवनमा पेश गरेकी छिन ।,
तर देश विकाशको कार्य , लक्ष्यको खाका पेश हुँदा उपरास्ट्रपति नन्दबहादुर पुन भने उपस्थित भयनन। ,
उपरास्ट्रपति कार्लायको स्रोतले पुन अस्वस्थ भयको कारण उपस्थिति नभयको बताय पनि उनको लागि आसनसिट नभयको कारण उनि नगयको पुनले जानकारी दियका छन् ।
सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले वाचन गर्ने समारोहमा उपराष्ट्रपति पनि सहभागी हुने प्रचलन छ । तर राष्ट्रपतिले सभामुख आसनसँगै बसेर सम्बोधन गर्दा उपराष्ट्रपतिलाई बाल्कोनीमा राखिने गरेको थियो ।
एसपटक भने उपरास्ट्रपतिले रास्ट्रपति संगै कुर्सि राखिन पर्ने बतायका थिय ।, तर सभामुख कृष्णबहादुर महरालेनै संसदीय अभ्यास र परम्परा विपरित कुर्सी व्यवस्थापन गर्न नसकिने जवाफ पठाएपछि पुन अनुपस्थित भएको स्रोतले जनाएको छ ।
यसैत प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनसँगै पहिलो संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्दा उपराष्ट्रपतिलाई पनि राष्ट्रपतिसँगै कुर्सी व्यवस्था गरिएको थियो ।
त्यसबखत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षका लागि संघीय संसद सचिवालयले क्रमश, चारवटा कुर्सी राखेको थियो । यसपटक पनि उनले सोही स्थानमा आफूलाई राखिनुपर्ने सन्देश पठाए पनि अभ्यास विपरीत हुने भन्दै उनको माग सम्बोधन नभयपछी उनि कार्यक्रममा गयन्न ।
नीति तथा कार्यक्रममा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने कार्यक्रममा उपरास्ट्रपति पुनलाई पनि पत्रा चार गरियको थियो तर उनि आफ्नो लागि सिट आसन्न नहुँदा गयन्न।
यो भन्दा अगाडी सांसदको संख्या ६०१ भएकोबेलामा बैठक हलमा ठाउँ नपुग्दा संवैधानिक अंगका प्रमुखहरुलाई पनि दर्शकदिर्घाको अघिल्तिर बस्ने व्यवस्था गरिन्थ्यो ।
तर अहिलेभने सांसद संख्या कम छ ।, बैठक हलमै सांसद बस्ने लहरको छेउमा उपराष्ट्रपतिलाई सबैभन्दा अगाडि र त्यसपछि प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिलाई कुर्सी व्यवस्था गरिएको छ ।