प्रचण्ड नेपालले बैंकलाई भने नेकपाका सबै बैंक खाता रोक्का गर्नुहोला ,

पुष १५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेकपाको खाता रोक्का राख्न आग्रह गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै बीलाई पत्राचार गरेको बैंकले बताएको हो ।

बैंकको ईमेल मार्फत खाता रोक्का राख्न आग्रह गरिएको हो। बैंकको आन्तरिक श्रोतले बताएअनुसार नेकपा ओली समूहले एकलौटी रुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।
