surkhet

केपी शर्मा ओली आफु अल्पमतमा परेको स्वीकार ,

surkhet

पुष १५ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसंग बहुमत भएको स्वीकार गरेका छन्। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् ।

तेस्तै ओली प्रचण्ड माधव नेपालमाथि एक पछि एक आरोप लगाएका छन्। माधवको यौटा गुट थियो ,अहिले प्रचण्डको गुट छ गुट माथि गुट भएपछि तेसै बहुमत पुग्छ मा तेस्लाई स्वीकार गर्छु ओलीले कार्यक्रममा भने। मलाई थाहा छ दुइवटा गुट मिल्दा बहुमत पुग्छ तर गुटमापनि बहुमतको दुरुपयोग भयो।

तेस्तै ओलीले लाज नपचाउने गरि भने त्यो दुवैलाई गुट मैले दिएको हु ,मैले त्यो पनि एकताका लागि बहुमत दिएको हु , संविधान कार्यान्वयन गर्नका लागि बहुमत दिइएको थियो । देश अगाडी बढाउनको लागि दिईएको थियो तर यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग प्रयोग भएको ओलीले बताए।

Dailekh
Gorkha

मैले राजनीति गरेको ५५ । ५६ वर्ष भईसक्यो प्रचण्ड र माधव मिल्दा बहुमत पुग्ने मलाई पहिलेनै थाहा छ ,तेस्तै ओलीले माधव कुमार नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको आरोप लगाए ,कमसे कम मा संग हुँदा छेउमा अबसना पाका थिए माधव अहिले त सडकमा हिड्न थालेछन यत्रो किन गरुपर्यो भन्दै हासेका थिए।

तेस्तै प्रचण्डले आफुलाई पटक पटक मरोस भनेर भविष्यवानी गरेकोपनि ओलीले बताए। आफु उपचारको लागि सिंगापुर गएकोबेला पनि प्रचण्डले अब काठको बाकसमा फर्किन्छ भन्ने ,मेरो मृगौला फेर्दा प्रचण्डले अब त ओली गयो भने र भविष्यवानी गरे मा त फेरी ठ्याक्क बाँचे उँहाको भविष्यवानी अलि नमिल्दो रैछ ओलीले भने।

 

salyan