हैरान हेर्नपुगे धुर्मुस ,सुन्तली छोरीसंग हलमा ,,

जेठ ७ – चलचित्र हैरान हेर्न कलाकार धुर्मुस सुन्तली आफ्नो छोरीलाई पनि लियर बिग मुभी हलमा पुगेका छन् ।, हैरान शुक्रबार देखि हलमा प्रदर्शन भयको छ ।
चलचित्रले कमेडी शैलीमा देशको राजनीतिक अवस्थालाई उठान गरेको छ ,।

चलचित्र हैरान हेर्न नायक रमेश उप्रेती , सरोज खनाल ,र निर्मल शर्मापनि हलमा पुगेका छन्।

चलचित्रमा सत्यराज आचार्य, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा मुख्य कलाकारको रुपमा देखियका छन् ।

चलचित्र हेरेका पत्रकार र चलचित्रकर्मीले यसको बिषयवस्तु र कमेडीलाई मन पराएका छन् ।

चलचित्रको माउथ पब्लिसिटी राम्रो रहेकाले दर्शक बढ्ने विश्वास यसका कलाकार गजित बिष्टले दियका छन् ।

चलचित्रलाई गम्भीर बिस्टले कोरियोग्राफर गरेका छन् , भने संसारकै कान्छा निर्देशक सौगात बिस्टले निर्देशन गरेका हुन्  ।